Sajhamanch Archive

कमल गाउँपालिकामा थपिए दुई जना कोरोना संक्रमित

Published: (Updated: ) in विविधा, समाज, स्वास्थ्य by .

कमल । झापाको कमल गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण थपिएका छन् ।

चार दिन अघि संक्रमण देखिएको व्यक्तिको सम्पर्कमा रहेका स्वाव परीक्षणका क्रममा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकाले संक्रमित व्यक्तिको सम्पर्कमा रहेका २१ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणमा पठाएको थियो ।

जसमा कमल गाउँपालिका वडा नं. ३ की ४१ वर्षीया महिला र वडा नम्बर ६ का ६० वर्षीय पुरुष रहेका छन् । योसँगै कमलमा कोरोना संक्रमितको संख्या १० पुगेको छ । यसअघि तीन जना भने निको भएर घर फर्किएका छन् ।
कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेका अनुसार संक्रमण पुष्टि भएका दुबै जनालाई शहीद धर्मभक्त माविको आइसोलेसनमा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *