Sajhamanch Archive

घरबेटीको कुटाइबाट डेरावालको ज्यान गयो

Published: in समाज by .

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा घरबेटीको कुटाइबाट भाडामा बस्ने एक व्यक्तिको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका वडा नंं.७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारले जानकारी दिए ।

उनका अनुसार शुक्रबार विहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *