Sajhamanch Archive

प्रदेश १ मा १२१ जना संक्रमित थपिए,६६ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

झापा । प्रदेश १ मा गएको २४ घण्टामा १२१ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा कोरोना देखिएको छ ।

विराटनगरमा शुक्रबार थप ३२ जनामा संक्रमण देखिएको छ । विराटनगरका १२ महिला र २० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार धनपालथानमा १ महिला र ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महिला र १ पुरुष, सुनवर्षीमा १ पुरुष, बुढीगंगामा १ महिला, सुनसरीको धरानमा ३ महिला र २० पुरुष, दुहवीमा ७ महिला र १ पुरुष, इटहरीमा १ महिला र ५ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, इनरुवामा २ पुरुष र गढीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

उता झापाको दमकमा ६ महिला र ३ पुरुष, मेचीनगरमा १ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र १ पुरुष, कन्काईमा १ महिला, संखुवासभाको चैनपुरमा १ महिला र १० पुरुष, धर्मदेवीमा १ पुरुष, उदयपुरको चौदण्डीगढीमा १ महिला र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६१९ पुगेको छ ।

प्रदेश १ बाट आज ६६ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ चतराधामबाट ३९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, मेची अस्पताल झापाबाट १० र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार १९ पुगेको मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *