Sajhamanch Archive

एकै परिवारका तीनजना मृत फेला

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

काठमाडौँ । भक्तपुरमा एउटै घरमा तीन जनाको शव भेटिएको छ । प्रहरीका अनुसार एकै घरमा श्रीमान, श्रीमती र छोराको शव भेटिएको हो ।

शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा सुशान्तको शव मृत फेला परेका हो । साथै एउटा कुकुर पनि मरेको अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. ९ निकोसेरामा तीन जनाको शव गन्हाएको अवस्थामा भेटिएको एसएसपी थापाले पुष्टि गरे । उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखाको टोली र भक्तपुर प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *