Sajhamanch Archive

विराटनगरका कोरोना संक्रमित पुरुषको मृत्यु

Published: (Updated: ) in समाज, स्वास्थ्य by .

विराटनगर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका वडा नं.८ का ६९ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो । उनलाई कोरोना संक्रमण भदौ २२ मा पुष्टि भएको थियो ।

उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनमा सुगर र प्रेसरसम्बन्धी दिर्घरोग समेत थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *