Sajhamanch Archive

फेसबुकमा फोटो राखेको विषयमा झडप, ७ राउण्ड अश्रुग्यास प्रहार

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

जनकपुरधाम । फेसबुकमा फोटो राखेको विषयमा जनकपुरधाममा दुई पक्षबीच झडप भएको छ ।

जनकपुरधाम वडा नम्बर २० रुपैठामा शनिबार भएको झडपमा झण्डै एक दर्जन व्यक्तिलाई चोट लागेको छ । झडप  रोक्न प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

दुबै पक्ष एकअर्कासँग लड्न थालेपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्नु परेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले बताए । उनका अनुसार मोहर्रम पर्व मनाउन बनाइएको दाहाको फोटो फेसबुकमा राखिएको विषयमा विवाद भएको थियो ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *