Sajhamanch Archive

प्रदेश १ मा थपिए ७७ कोरोना संक्रमित,३६ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

झापा । प्रदेश १ मा आज ७७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ४६ जनामा संक्रमण देखिएको छ । २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

मोरङको बुढीगंगामा ५ महिला, ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैचमा १ महिला, सुनसरीको इटहरीमा २ महिला, ६ पुरुष, इनरुवा र धरानमा २–२ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष र उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ९६ पुगेको छ ।

प्रदेश १ मा शनिबार ३६ जना डिस्चार्ज भएका छन् । काली सदन आइसोलेसन विराटनगरबाट २०, बैजनाथपुर आईसोलेसन विराटनगरबाट ९, मारवाडी सेवा सदन आईसोलेसनबाट ४ र कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३ जना डिस्चार्ज भएका हुन् । योसँगै, प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५६ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *