Sajhamanch Archive

आईसीयूमा १६० र भेन्टिलेटरमा २४ कोरोना संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल आईसीयूमा १६० र भेन्टिलेटरमा २४ कोरोना संक्रमित रहेका छन् ।

प्रदेश १ मा ५, प्रदेश २ मा ९, वागमती प्रदेशमा १०९, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा ९ कोरोना संक्रमितको आईसीयूमा रहेका छन् ।

मन्त्रालयका अनुसार वागमती प्रदेशमा २१ र प्रदेश ५ मा २ र सुदूरपश्चिम प्रदेशमा १ कोरोना संक्रमित भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने सोही अवधीमा १ हजार २०१ कोरोना संक्रमित थपिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *