Sajhamanch Archive

प्रदेश १ मा थपिए ४६ कोरोना संक्रमित, ७ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आइतबार थप ४६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा एक-एक र प्रदेश १ बाहिरका दुई जनामा कोरोना पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १८ महिला र २० जना पुरुष छन । मोरङको धनपालथानमा दुई पुरुष, कटहरीमा एक पुरुष, खोटाङको साकेला गाउँपालिकामा एक पुरुष, उदयपुरको स्थानीय तह नखुलेका एक पुरुष, झापाको शिवसताक्षीमा एक महिला र प्रदेश बाहिरका एक महिला र एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ७४२ पुगेको छ । आइतबार ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सबै मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६३ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *