Sajhamanch Archive

बाग्लुङमा पहिरोले पाँच घर पुर्‍यो, एकजना बेपत्ता

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका वडा नं.१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएका छन् भने एक जना बेपत्ता भएका छन् ।

पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले जानकारी दिए । उनका अनुसार परिवारका अन्य पाँच सदस्य भने सकुशल छन् ।

नगरप्रमुख पौडेलले भने, ‘घरका अरु सदस्य चिया खान भनेर अर्को भान्छा घरमा जानु भएको रहेछ, हरिकृष्ण जुन घरमा हुनुहुन्थ्यो, त्यो घर माथिबाट पहिरो झर्यो र बेपत्ता बनायो ।’

नगरप्रमुख पौडेलका अनुसार घटनास्थलमा उद्धार कार्य जारी छ । उद्धार कार्यमा नेपाली सेना, प्रहरी र स्थानीय खटिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *