Sajhamanch Archive

सिन्धुपाल्चोक पहिरो : थप दुईजनाको शव फेला

Published: in राष्ट्रिय समाचार, समाज by .

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा पहिरोमा बेपत्तामध्ये थप दुई जनाको शव भेटिएको छ ।

घुम्थाङ भीरखर्कका २२ वर्षका कुमार विक र २१ वर्षकी सोनिका विकको शव भेटिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

योसँगै ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । अरु बेपत्ता १८ जनाको खोजी भइरहेको छ । शनिबार राति गएको पहिरोले बाह्रबिसे नगरपालिका वडा नं. ७ को घुम्थाङ भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *