Sajhamanch Archive

सशस्‍त्र प्रहरीमा कोरोना संक्रमितको संख्या ९२५ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । सशस्‍त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या ९२५ पुगेको छ । जसमध्ये ४९२ डिस्चार्ज भएका छन् भने ४३३ सक्रिय संक्रमित छन् ।

सशस्‍त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार सबैभन्दा बढी संक्रमित वाग्मती प्रदेशमा छन् । वाग्मतीमा मात्रै २११ सक्रिय संक्रमित छन् ।

यस्तै प्रदेश १ मा २२,प्रदेश २ मा १३५, गण्डकी प्रदेशमा ११, प्रदेश ५ मा ४९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिममा २ जना सक्रिय संक्रमित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *