Sajhamanch Archive

निजी प्रयोगशालाले भने- ‘दुई हजारमा पीसीआर परीक्षण गर्न सकिँदैन’

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । निजी प्रयोगशालाहरूले प्रति व्यक्ति दुई हजार रुपैयाँमा नोवेल कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न नसकिने जनाएको छ ।

दुई हजारमा गरिने परीक्षण कमसल हुने निजी प्रयोगशाला सञ्चालकहरूद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । पीसीआर परीक्षण विधि, किट, प्राविधिक व्यक्तिको तलब, पीपीई लगायतका सामग्रीको लागत दुई हजार रुपैयाँ भन्दा बढी पर्ने उनीहरूको दाबी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पीसीआर परीक्षणको दर दुई हजार निर्धारण गरेको थियो । यो दर तोक्ने बेलामा आफूहरूसँग सल्लाह नगरेको उनीहरूको गुनासो छ ।

१४ जनाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले तोकेको दुई हजार शूल्कमा कोरोना परीक्षणको ल्याब खर्च नउठ्ने देखिएकाले पुरानै शूल्क रु.४४ सयमा कोरोना परीक्षणको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गर्दै दुई हजारमा परीक्षण गराउन नसक्ने कुरा जानकारी गराउँदछौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *