Sajhamanch Archive

वामदेव गौतम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको एक मन्त्रीले बताए ।

तत्कालीन अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले रित्त रहेको राष्ट्रियसभा सदस्य पदमा गौतमलाई नियुक्त गर्नेछिन् ।

सत्तारूढ नेकपाले गत फागुनमै गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो । तर राष्ट्रियसभा सदस्य समेत प्रधानमन्त्री हुने सक्ने गरी संविधान संशोधन नभएको भन्दै उनले अस्वीकार गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *