१ हजार ४५९ जना कोरोना संक्रमित थपिए, १ हजार ६२ जना डिस्चार्ज
Published:
by .झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ३७५ जनाको परीक्षणमा १४५९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ५६ हजार ७८८ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ६२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।
Comments