Sajhamanch Archive

कावेली सिमेन्ट उद्योगमा आगलागी

Published: in समाज by .

झापा । झापाको हल्दिबारी गाउँपालिका वडा नं.३ मा रहेको कावेली सिमेन्ट ईन्डस्ट्रिज प्रालिको सिमेन्ट कारखानामा आगलागी भएको छ ।

सिमेन्ट उद्योगको पावर हाउसमा राति २ बजेतिर आगलागी हुँदा २ करोडभन्दा बढीको क्षति भएको उद्योगका मेनेजिङ डाइरेक्टर सुमन मैनालीले बताए । उनका अनुसार राति २ बजेतिर परेको चट्याङका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *