Sajhamanch Archive

सुनसरीमा चट्याङ लागेर बालिकाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

सुनसरी । सुनसरीमा चट्याङ लागेर मंगलबार एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका वडा नं.६ रामगञ्ज सिनवारीकी १३ वर्षीया बालिका सुष्मा पासवान रहेकी छन् ।खेतमा माछा मार्ने क्रममा चट्याङले लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *