Sajhamanch Archive

विद्यार्थी संगठनको माग-शैक्षिक सत्र खेर जान नदिऔँ, पठनपाठन सञ्चालनकाे वातावरण तयार गराैँ

Published: in राष्ट्रिय समाचार, शिक्षा by .

संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक सत्र खेर जाने देखिएकोले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय, क्याम्पस र विश्वविद्यालयको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न आग्रह गरेका छन् ।

कक्षा १२, क्याम्पस तथा विश्वविद्यालय तहका नियमित तथा रोकिएका परीक्षा सञ्चालनको ठोस मापदण्ड र योजना बनाइ परीक्षा सञ्चालन गर्न सङ्गठनले आग्रह गरेका हुन् । आठ महिनापछि मङ्गलबार बसेको सङ्गठनको बैठकले कोरोनाको कारण अलपत्र परेका विद्यार्थी, गरिब तथा विपन्न मजदुरको कोठा भाडा र राहत प्याकेज घोषणा गर्न, निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको तलबको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

यस्तै निजी विद्यालय तथा क्याम्पसहरूले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरिरहेकाले भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारबाही गर्न पनि माग गरिएकाे अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।

यसैगरी कोरोना भाइरस नियन्त्रणको लागि औषधि खरिद, क्वरेण्टीन र अन्य व्यवस्थापनमा भएको भनिएको अनियमितता र भ्रष्टाचारको छानबिन गरी अनियमितता र भ्रष्टाचारमा सङ्गठनहरुलाई कारबाही गर्न तथा महँगी, कालोबजारी नियन्त्रण गर्न पनि विद्यार्थी सङ्गठनले माग गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *