Sajhamanch Archive

१ हजार ५३९ जना कोरोना संक्रमित थपिए, १ हजार ६८ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४९४ जनाको परीक्षणमा १५३९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ५८ हजार ३२७ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ६८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *