Sajhamanch Archive

प्याज व्यापारीले मन्त्रीलाई नै ठगेपछि…

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

झापा । भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि प्याजको भाउ बढेको छ । दुई/चार रुपैयाँ भाउ तलमाथि हुनु त सामान्य कुरा हो तर रातारात ८० रुपैयाँसम्म भाउ बढेपछि सरकारले अनुगमन तीव्र बनाएको छ ।

अनुगमनको लागि बुधबार बिहान उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट ग्राहकको भेषमा सुरक्षाकर्मी र सरकारी गाडी विना नै बजार अनुगमनमा गए ।

मास्क लगाएर भिडभाड विना नै बजारमा प्याज किन्न पुगेका मन्त्री भट्टलाई व्यापारीले ठगे । बल्खु तरकारी बजारमा मन्त्री भट्टले प्याज किने । ४८ रुपैयाँ पर्ने प्याजलाई व्यापारीले एक सय २० रुपैयाँसम्म लिए । मन्त्री भट्टले खल्तीबाट झिकेर पैसा तिरे । उनले चारवटा पसलबाट प्याज किने तर सबै व्यापारीले ठगे ।

आफू ठगिएपछि मन्त्री भट्टले तत्कालै स्थानीय प्रशासनलाई जानकारी गराए र बढी मूल्य लिने व्यापारीलाई कारबाही गर्न निर्देशन दिए। धेरै मूल्य लिने चारजना व्यापारलाई प्रहरीले पक्राउ गरेर कालीमाटी वृत्तमा लगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *