Sajhamanch Archive

स्वास्थ्य मन्त्रालयले भन्यो : मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्नू

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको नमुना झिकेर कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न निर्देशन दिएका हुन् ।

‘मृत्यु भएका व्यक्तिहरुको नमुना झिकेर कोरोना परीक्षण गरेको सूचना आएको छ ,तर अब त्यस्तो नगर्न निर्देशन छ,’ उनले भने, “कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिको मृत्यु भएर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।”

उनका अनुसार इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले उक्त निर्णय गरेको हो । शव व्यवस्थापनसम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने उनले बताए । सरकारले मृत्यु भइसककोहरुको पीसीआर टेष्ट नगर्ने निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *