Sajhamanch Archive

प्रदेश १ मा भदौ महिनामा मात्रै ३ हजार ९० कोरोना संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा भदौ महिनामा तीन हजार ९० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार भदौको ३१ दिनको अवधीमा ३ हजार ९० कोरोना संक्रमित थपिएका हुन् ।

बुधबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार एक सय छ । जसमध्ये ५२ जनाको मृत्यु भएको छ । भदौमा मात्र ३९ जनाको मृत्यु भएको छ । बुधबारसम्म २ हजार १९४ जना संक्रमण मुक्त भएका छन् ।

प्रदेश १ को झापा, मोरङ र सुनसरीमा संक्रमण बढ्दो क्रममा छ । प्रदेश १ को राजधानी विराटनगर, सुनसरीको धरान, इटहरी इनरुवामा संक्रमण बढ्दो क्रममा छ ।

मोरङ जिल्लामा मात्र संक्रमितको संख्या २ हजार ३५४ पुगेको छ । सुनसरीमा १ हजार ४०५, झापामा ७६५ उदयपुरमा १२७ जनामा संक्रमण देखिएको छ । प्रदेश १ का पहाडी जिल्लाहरुमा दोहोरो अंकमा कोरोना संक्रमित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *