Sajhamanch Archive

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

मोरङ । मोरङको बेलबारीमा भएको दुर्घटनामा परेर साइकलयात्री बेलबारी नगरपालिका वडा नं.१० का ५० वर्षीय शम्भु दाहालको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले साइकललाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत डाँगीहाटमा शुक्रबार बिहान १० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार को १७ प ८५३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा पूर्वतर्फ जाँदै गरेका दाहाल गम्भीर घाइते भएका थिए ।

उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएका दाहाललाई बिहान ११ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी ढकालले दिए ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *