Sajhamanch Archive

संविधान दिवसको अवसरमा २८९ जनाको कैद मिनाह

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका २८९ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा शनिबारदेखि लागू हुने गरी हेमराज तुम्वाहाम्फेसहित २८९ जनाले संविधान दिवसको अवसरमा माफी पाएका हुन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाह गर्न सक्ने व्यवस्था छ । त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्नु पर्छ ।

संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७६ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

                                                                                                              अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *