Sajhamanch Archive

नेपाल पत्रकार महासंघ प्रदेश १ समिति आफ्नै भवनमा

Published: in प्रदेश तह, समाज by .

विराटनगर । संविधान दिवसका अवसरमा शनिबार नेपाल पत्रकार महासंंघ प्रदेश १ समितिले आफनै भवनमा कार्यलय सारेको छ ।

संंघियताको जग्गामा बनेको समितिले एउटा महत्वपूर्ण काम सम्पन्न गर्न लागेको र अनुकुल समयमा भवन उदघाट्न हुने महासंघका अध्यक्ष बिक्रम लुँईटेलले बताए । भवनको लक्ष्य चार तला रहेको र हाल दुई तला सम्पन्न भएको उनले बताए ।

महासंघ प्रदेश समितिको पहलमा कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्यामा परेका प्रदेश १ का मिडिया हाउसहरुलाई ५४ लाख रुपैया सहयोग गरेको र चाँडै १ सयजना पत्रकारहरुलाई १० हजारका दरले फेलोसिप प्रदान गर्न लागेको अध्यक्ष लुँईटेलले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *