Sajhamanch Archive

होम आइसोलेसनमा बस्न हिँडेका युवकको दुर्घटनामा मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

हेटौंडा । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्न घर हिँडेका युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

पुर्वपश्चिम राजमार्गको हेटौंडा-१९ नेवारपानीमा दुर्घटनामा परी घाइते भएका २७ वर्षिय दिपेन्द्र अधिकारीको मृत्यु भएको हो । चिवतनबाट हेटौंडा जाँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनी बसले ना ४९ प २४०० मोटरसाइकल ठक्कर खादा चालक अघिकारी घाइते भएका थिए ।

उनलाई उपचारका लागि हेटौंडाको चुरेहिल अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुरको बकैया गाउँपालिकामा कार्यरत अधिकारी इन्जिनियर हुन् । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेस बस्न हेटौंडाबाट चितवन हिँडेको थिए ।

गाउँपालिकाले साधानको व्यवस्था गरिदने भनेपनि उनी मोटरसाइकलमा जाँदा कसैलाई नछुने र घरमा सुरक्षित ढंगले बस्ने भनेर गएको अध्यक्ष दामोदर खनालले जानकारी दिए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *