Sajhamanch Archive

प्रदेश १ मा थपिए ७९ जना संक्रमित,३० जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आइतबार ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरंगको कटहरीमा ५ महिला र ३ पुरुष, बुढीगंगामा ५, रंगेलीमा ४, जहदा र सुन्दरहरैचामा १–१ पुरुष, सुनसरीको दुहवीमा ३ महिला ४ पुरुष, बर्जुमा १ महिला, स्थानीय तह नखुलेका २ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको अर्जुनधारामा ३ पुरुष, कनकाईमा १ महिला, पाँचथरको फिदिमका एक पुरुष, प्रदेश १ बाहिरका ४ महिला र २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ५७४ पुगेको छ ।

प्रदेश १ मा आइतबार ३० जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानान्द आचार्य सेवा पीठ आइसोलेसनबाट १९, होम आइसोलेसनबाट ९, वि.जनरल अस्पताल हरिनगरबाट १ र इनरुवा आइसोलेसनबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५३५ पुगेका छन् । प्रदेश १ मा आज ५ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *