Sajhamanch Archive

उपप्राध्यापकलाई कुटपिट गर्ने दुईजना पक्राउ

Published: (Updated: ) in शिक्षा, समाज by .

काठमाडौं । त्रिवि समाजशास्त्र केन्द्रीय विभागका उप-प्राध्यापकमाथि कुटपिट गर्ने दुईजना पक्राउ परेका छन् ।

यही असोज २० गते बिहान त्रिभुवन विश्वविद्यालयको परिसरमा समाजशास्त्र केन्द्रीय विभागमा कार्यरत उप-प्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट भएको थियो ।

पक्राउ पर्नेमा सिरहा गोल बजार नगरपालिका वडा नं.६ का २३ वर्षीय रुपेश साह र २४ वर्षीय रविनकुमार लामा छन् । साहलाई कोटेश्‍वरबाट र लामालाई गोलबजारबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *