Sajhamanch Archive

प्रदेश १ थपिए ४५२ कोरोना संक्रमित, ४४ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा सोमबार ४५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर भोजपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १९० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ८९ महिला र १०१ पुरुष छन् । मोरङको बेलबारीमा १६, बुढीगंगामा ११, सुन्दहरैचामा ४, रतुवामाई र धनपालथानमा ३–३, मिक्लाजुङ र कटहरीमा २–२, सुनबर्षी, ग्रामथान र जहदामा १–१ र स्थानीय तह नखुलेका ८ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको धरानमा ८६, इटहरीमा ६८, बराहक्षेत्रमा १८, दुहवीमा ३, इनरुवा र गढीमा २–२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ३, झापाको दमक र भद्रपुरमा ३–३, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१, इलामको फाकफोकथुम र स्थानीय तह नखुलेका १–१, खोटाङको साकेलामा १, उदयपुरको चौदण्डीगढीमा १, धनकुटामा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार ७५१ पुगेको छ ।

प्रदेश १ मा आज ४४ जना डिस्चार्ज भएका छन् । होम-आइसोलेसनबाट ४०, विराट मेडिकल कलेजबाट २ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८५५ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *