Sajhamanch Archive

विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । उपचारमा रहेका थप दुईजना कोरोना संक्रमितको विराटनगरमा मृत्यु भएको छ ।

कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र र विराट शिक्षण अस्पतालमा उनीहरुको मंगलबार बिहान मृत्यु भएको हो । कोसीमा बिहान २:१५ बूढीगंगा गाउँपालिका वडा नं.५ का ७१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । शनिबार कोरोना पुष्टि भएपछि उनलाई कोसी अस्पताल भर्ना गरिएको थियो ।

उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलका अनुसार वृद्धमा पुरानो दमको समस्या थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

उता बूढीगंगा गाउँपालिकामा अवस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ३ का ४३ वर्षीय पुरुषको बिहान ८:१० बजेतिर मृत्यु भएको छ । अस्पतालका अनुसार श्‍वासप्रश्‍वासमा समस्या भएपछि बेहोस् अवस्थामा ती पुरुषलाई तीन दिनअघि अस्पताल भर्ना गरिएको थियो । पछि स्वाब परीक्षण गर्दा कोरोना देखिएकामा होस नै नखुली उनको मृत्यु भएको बताइएको छ ।

                                                                                                           बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *