Sajhamanch Archive

प्रहरीमा कोरोना संक्रमितको संख्या ५११० पुग्‍यो

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५ हजार १ सय १० पुगेको छ । जसमध्ये १९ सय ५६ जना उपचाररत छन् ।

३ हजार १ सय ५४ जना भने डिस्चार्ज भइसकेका छन् । तथ्याङ्‍कअनुसार प्रहरी प्रधान कार्यालयमै ३४२ जना कोरोनाका सक्रिय संक्रमित छन् भने काठमाडौं उपत्यकामा ६९२ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

यस्तै प्रदेश १ मा ११८ जना, प्रदेश २ मा ८७ जना, वाग्मती प्रदेशमा १५८ जना, गण्डकी प्रदेशमा १९५ जना, लुम्बीनी प्रदेशमा १९१ जना, कर्णाली प्रदेशमा ४८ जना र सुदूरपश्चिम प्रदेशमा १२५ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *