Sajhamanch Archive

थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ५७७ जनाको परीक्षणमा ३५५६ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १ लाख १५ हजार ३५८ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५०३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७८ हजार ७८० पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *