Sajhamanch Archive

प्रदेश १ मा थप ४१९ जनामा कोरोना संक्रमण,१९ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा मंगलबार ४१९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४४, मोरङमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा २११ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ८१ महिला र १३० पुरुष छन् । सुनसरीकै इटहरीमा ११९ र इनरुवामा १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा ३१, रतुवामाईमा १२, बुढीगंगामा ७, कटहरीमा २, सुन्दरहरैंचा, मिक्लाजुङ, धनपालथान र लेटाङमा १-१, झापाको दमकमा ५, विर्तामोड र गौरादहमा १–१, उदयपुरको बेलकामा ३, रौतामाईमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा १, स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता भोजपुरको पडानन्द, पाँचथरको कुम्बायक र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ हजार १७० पुगेको छ ।

प्रदेश १ मा मंगलबार १९ जना डिस्चार्ज भएका छन् । मेची अस्पतालबाट ८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ४–४, धाईजन आईसोलेसन केन्द्रबाट २ र होम -आइसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म ४ हजार ८७३ जना डिस्चार्ज भएका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *