Sajhamanch Archive

थप तीन हजार ७४९ जनामा कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७४९ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ५६४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८४ हजार ५१८ जना डिस्चार्ज भएका छन् । देशभरका प्रयोगशालाहरुमा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *