Sajhamanch Archive

शनिबार तीन हजार १६७ जनामा कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा थप ३ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार १६७ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ८०० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८९ हजार ८४० जना डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *