Sajhamanch Archive

युनियन आबद्ध क्रियाशिल पत्रकारलाई प्रेस ज्याकेट

Published: in समाज by .

बिर्तामोड । नेपाल प्रेस युनियन झापामा आबद्ध क्रियाशिल पत्रकारहरुलाई बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच प्रेस ज्याकेट वितरण गरिएको छ ।

जी.पी. फाउन्डेशन झापाको सहयोग तथा प्रेस युनियन झापाको आयोजनामा ज्याकेट वितरण गरिएको हो ।

शाखा अध्यक्ष इन्दु पुर्वेलीको सभापतित्वमा भएको कार्यक्रममा युनियनका केन्द्रिय सदस्य गोविन्द चन्द्र क्षेत्री,नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्यद्वय लोकराज ढकाल र कृष्ण हुमागाई, जी.पी. फाउन्डेशनका जिल्ला सचिव महेन्द्र भट्टराई लगायतको सहभागीता रहेको थियो ।

उक्त ज्याकेट वितरण कार्यक्रमको सञ्चालन रञ्जित परियारले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *