Sajhamanch Archive

मेचीनगरमा श्रीमानद्वारा श्रीमतीको हत्या

Published: (Updated: ) in समाज by .

झापा । झापाको मेचीनगरमा गएराति श्रीमान्ले ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेका छन् ।

मेचीनगर नगरपालिका वडा नं.३ का ३४ वर्षीय पर्वत राईले २७ वर्षीया श्रीमती संगीता राईको हत्या गरेको वडाध्यक्ष हर्कबहादुर बस्नेतले जानकारी दिए ।

श्रीमान्–श्रीमतीबीच घरायसी विषयमा विवाद हुँदा आवेशमा राईले श्रीमतीलाई ढुङ्गा प्रहार गरी हत्या गरेको वडाध्यक्ष बस्नेतले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *