Sajhamanch Archive

नवरात्रिको तेश्रो दिन, माता भगवती चन्द्रघण्टाको पूजा गरिँदै

Published: (Updated: ) in समाज by .

झापा । हिन्दूहरुको महान पर्व बडादशैं अन्र्तगत आज तेश्रो दिन मुलुकभरका देवी मन्दिरमा चन्द्रघण्टाको पूजाआजा गरि मनाइदैछ । देबी मन्दिरहरुमा पुजा गर्नेहरुको बिहानै देखि भीड लाग्ने गरेको भएतापनी कोरोनाको कारण  मन्दिरहरू सुनसान देखिन्छन् ।

आजको दिन चन्द्र घण्टाको पुजागर्दा सुख प्राप्ती तथा बृत्ति बिकास हुने मान्यता रहि आएको छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् ।

चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्परा अनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *