Sajhamanch Archive

सांसद चापागाईँले नारी सञ्चार र सहीद प्रतिष्ठानलाई भत्ता रकम दिने घोषणा

Published: in राजनीति, राष्ट्रिय समाचार by .

बिर्तामोड । संघीय सांसद धर्मशिला चापागाईँले दशैं खर्चवापत सरकारबाट प्राप्त भत्ता झापाका दुई संस्थालाई प्रदान गर्ने घोषणा गरेकी छन् ।

सांसद चापागाईँले आज विज्ञप्ति निकालेर नारी सञ्चार गृह झापा र सहीद प्रतिष्ठान नेपाल बिर्तामोडलाई आधा–आधा रकम उपलब्ध गराउने जनाएकी हुन् ।

दशैं भत्ता बापतको रकम सबैले एक ठाउँमा जम्मा गर्नेमा एक मत हुन नसकेपछि सांसद चापागाईँले गृह नगरमा क्रियाशील दुई संस्थालाई रकम उपलब्ध गराउने निर्णय गरेकी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *