बीपी प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु
Published:
by .काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
सुनसरीको गढी गाउँपालिका वडा नं.४ की ५५ वर्षीया महिलाको गएराति ९ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।
डा. श्रेष्ठका अनुसार ती महिलामा उच्च रक्तचापको पनि समस्या थियो । मंगलबार प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी उनको सोही दिन कोरोना पुष्टि भएको थियो ।
Comments