छतबाट लड्दा दुई बर्षीय बालकको मृत्यु
Published: (Updated: )
by .ओखलढुंगा । ओखलढुंगामा छतबाट लडेर आज एक बालकको मृत्यु भएको छ ।
छतबाट लडेर मानेभञ्ज्याङ–७ हर्कपुरका प्रदिप कार्कीका दुई बर्षीय छोरा प्रमेशको मृत्यु भएको हो ।
विहान करिव साढे ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा लड्दा बालक बेहोस भएका थिए । वेहोस भएका बालकको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
पूर्वेली न्यूजबाट
Comments