Sajhamanch Archive

बारामा प्रहरीले गोली चलायो

Published: in मिडियाबाट साभार, समाज by .

बारा । बारामा प्रहरीले गोली चलाएको छ । गोली प्रहारबाट भारतीय नागरिक बृजकिशोर कुशवाह घाइते भएका छन् ।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख (डीआईजी) धीरजप्रताप सिंहका अनुसार भारतसँग सीमा जोडिएको बंकुर नाकामा भारतबाट नेपाल आएका कुशवाहले सोधपुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो ।

उनको पाखुरामा गोली लागेको प्रहरीले जनाएको छ ।

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *