Sajhamanch Archive

काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार

Published: in राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । माइती नेपालले विदेश जाने बहानामा अबैध रुपमा काँकरभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको आज उद्धार गरेको छ ।

माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले मानव बेचविखनको जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङको रहेको बताए ।

शंकास्पद अवस्थामा नाका डुलिरहेको देखेपछि माइती नेपालका सीमा निगरानीकर्ताले उनीहरुलाई इलाका प्रहरी कार्यालयको सहयोगमा पछ्याएका थिए ।

उद्धार गरिएका उनीहरुले आफु वैदेशिक रोजगारीका लागि जान लागेको बताएका छन् । हाल माइती नेपालको पुनस्र्थापना गृहमा राखिएका उनीहरुलाई अनुसन्धान सकिएपछि अभिभावकको जिम्मा लगाइने घिमिरेले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *