Sajhamanch Archive

ताप्लेजुङमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने

Published: in राष्ट्रिय समाचार, समाज by .

ताप्लेजुङ । ताप्लेजुङमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ ।

फुङ्लिङ नगरपालिका वडा नं.९ पाथीभरा क्षेत्रको देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको हो ।

जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण भैरहेको केन्द्रको भवनको कुल लागत एक करोड ५७ लाख रहेको छ । देउराली भित्री वन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष निमा कृपा शेर्पाले भवन बनेपछि वन र वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

पालिकामा भएको जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवद्र्धन गर्न, पर्यटन व्यवसाय सञ्चालन गरी वन उपभोक्ता समूहको आयआर्जनका स्रोत स्थापित गर्न तथा महत्वपूर्ण जडिबुटी, रेडपाण्डा र संरक्षित जंगली जनावर, पंक्षी र दुर्लभ प्रजातिको प्रदर्शनी थलो बनाउन केन्द्र प्रभावकारी हुने उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *