Sajhamanch Archive

नोबेल अस्पतालको पीसीआर ल्याब दसैंमा पनि खुल्ला हुने, ५ घण्टामै रिपोर्ट

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

विराटनगर । नोबेल शिक्षण अस्पतालको पीसीआर ल्याब दसैँमा पनि खुल्ला रहने भएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै दसैँ बिदामा पनि पीसीआर परीक्षण जारी राखिने नोबेल अस्पतालले जनाएको छ ।

कोरोनाको महामारी बढिरहेकाले नागरिकको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै दसैँको अवधिमा पनि पीसीआर परीक्षण जारी राख्ने निर्णय भएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिए । ‘दसैँमा पनि पीसीआर परीक्षण रोकिँदैन । हामीले दसैँ बिदामा पनि पीसीआर परीक्षण गरेर ५ घण्टामै रिपोर्ट दिने व्यवस्था मिलाएका छौँ ।’

दुई वटा अत्याधुनिक अमेरिकन पीसीआर मेसिन ल्याएर गत असोज ११ गतेबाट नोबेलले पीसीआर परीक्षण गर्दै आएको छ । नोबेलले अस्पतालमा आउनेको मात्र नभइ गाउँ–गाउँमा गएर पनि स्वाब संकलन गरी अतिरिक्त शुल्क बिना नै पीसीआर परीक्षण गर्ने व्यवस्था पनि मिलाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *