Sajhamanch Archive

शुक्रबारदेखि पाँच दिन कोभिड–१९ को प्रेस ब्रिफिङ नहुने

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । भोलि (शुक्रबार) देखि पाँच दिन कोभिड–१९ को प्रेस बिफ्रिङ नहुने भएको छ ।

गएको चैतको दोस्रो हप्तादेखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङ दशैँ बिदा परेकाले भोलि ७ गतेदेखि ११ गतेसम्म प्रेस ब्रिफिङ रोकिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

कात्तिक १२ गतेदेखि थप परिष्कृत गरी मिडिया ब्रिफिङलाई निरन्तरता दिने उनको भनाइ छ । दशैँको बिदाका समयमा दिउँसो चार बजे नै मन्त्रालयको वेबसाइट र सामाजिक सञ्जालमा कोरोना अपडेट गराइने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *