Sajhamanch Archive

राष्ट्रपतिले यसपालि दशैँकाे टीका नलगाइदिने, शक्ति पीठ पनि नजाने

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । यस वर्षको दसैंमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित भएको छ ।

राष्ट्रपति कार्यालयले शुक्रबार सूचना जारी गरी कोरोना महामारीका कारण राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम नहुने जानकारी गराएको छ ।

त्यस्तै यस वर्ष दसैंको महाअष्टमी र कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति भण्डारी शक्तिपीठको दर्शनका लागि नजाने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *