Sajhamanch Archive

बीएण्डसीका ४० जना स्वास्थ्यकर्मीले कोरोना जिते

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बिर्तामोड । झापाको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलका १० जना चिकित्सक सहित ४० जना स्वास्थ्यकर्मीले कोरोना जितेका छन् ।

१४ दिनअघि कोरोना पोजेटिभ देखिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले आज कोरोना जितेका हुन् । कोरोेना जितेकोमा उनीहरुलाई आज बधाई दिएको बिएण्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

कोरोना देखिएपछि सबैलाई अस्पतालले छुट्टै होम आइसोलेसन तथा अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरेको थियो । अस्पतालका स्वास्थ्यकर्मीहरु कोरोनामुक्त भइसककाले अब अस्पताल सुरक्षित बनेको गिरीले बताए ।

उनले बिएण्डसी हस्पिटल कोरोनाको गुँड बनेको हल्लाका पछि नलागेर निर्धक्कका साथ स्वास्थ्य उपचारमा आउन आग्रह गरेका छन् ।

यसैबीच बिएण्डसी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालले दशैंको अवधिमा पनि आफ्ना सेवाहरु सूचारु राख्ने भएको छ । विगतका बर्षहरुमा समेत सबै सेवा सञ्चालन गर्दै आएको बिएण्डसी हस्पिटलले यो वर्ष पनि सबै सेवालाई सुचारु राख्ने जानकारी दिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *