Sajhamanch Archive

आज महानवमी पर्व मनाइँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

झापा । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज (आइतबार) हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

यसैबीच, हनुमानढोका दरबारमा रहेको वर्षमा एक पटक महानवमीका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर यो वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण नखोलिने भएको छ । वर्षमा एक दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर हरेक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *