ताप्लेजुङकाे घुन्सामा प्रधानमन्त्री ओली
Published: (Updated: )
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आज नेपालको पूर्वी हिमाली गाउँ ताप्लेजुङ्गको घुन्सा पुगेका छन् ।
घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली त्यहाँ पुगेका हुन् । सोमबार हिमाली गाउँ घुन्सा आएका हुन्।
सो अवसरमा प्रधानमन्त्री ओलीलाई घुन्सावासीले ओलीलाई स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीसँग प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, नेकपा उपनेता सुवासचन्द्र नेम्बाङ, पर्यटनमन्त्री योगेश भट्टराई लगायत छन्।
घुन्सापछि प्रधानमन्त्री ओलीको टोली इलाम पुग्ने कार्यक्रम छ । त्यहाँ उनले सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम छ।
Comments